यूएईमा रञ्जितले जिते ८२ करोडको चिट्ठा

काठमाडौँ । कतारमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिट्ठा जितेका छन् । कतारमा रहँदै आएका नेपाली रञ्जितकुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम (नेपाली रुपैयाँ झन्डै ८२ करोड) जितेका हुन् ।

विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए । उक्त रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित बनेका पालले उक्त सम्पूर्ण रकम नेपालमा अवस्थित परिवारलाई पठाउने बताएका छन् । ‘मलाई विश्वासनै लागि रहेको छैन । म यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्ने आशा गर्छु,’ उनले भनेका छन् ।

उनले विगत १५ महिनादेखि चिट्ठा खरिद गर्दै आएका थिए । यसअघि दुबईमा कार वाशरको रूपमा कार्यरत नेपाली ३१ वर्षीय भरतले पनि २२ करोड रुपैयाँको चिट्ठा जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *