आफ्नो सांसद पक्राउ परेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको संकेत

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सत्ता गठबन्धनलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेकी छन् ।

बिहीबार नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले यस्तो संकेत गरेकी हुन् ।

उनले लेखेकी छन्– ‘अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिँदैन रहेछ ।’

सांसद चौधरी बिहीबार दिउँसो बाँकेको कोहलपुरबाट पक्राउ परेका थिए ।
कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौधरीमाथि सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *