कोशी एस्पो विराटनगरमा सुरु

विराटनगर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले छिट्टै उद्योगी व्यवसायीको समस्यालाई समाधान गर्ने खालको नीति सरकारले ल्याउने बताएका छन् । विराटनगरमा आजदेखि सुरु भएको सिए नआई कोशी एक्स्पोको उद्घाटनलाई सम्बोधन गर्दै साना, मझौला र ठुला उद्योगीहरूले समस्या झेल्दै आएको त्यो समस्या समाधान गर्ने गरी सरकारले आगामी नीतिबाट अवलम्बन गर्ने बताएका हुन् ।

उद्योग संचालन गर्नु हीनताबोध गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै उद्योगी व्यवसायीलाई सरकार रहेको अनुभूति दिलाउने गरी योजना बनाइने बताए । उनले नेपालको व्यापार घाटा चुलिएको अवस्थामा यसलाई न्यूनीकरणको लागि आफूले पहल गर्ने पनि बताए । बेवसालाई पुनरुत्थानको निम्ति केही नीति तथा कार्यक्रमहरू अवलम्बन गर्ने तयारी रहेको उनले व्यवसायीलाई हौस्याउने प्रयास गरेका छन् । ‘निजी क्षेत्रको साथमा सरकार छ भन्ने अनुभूति दिलाउने काम सरकारले गर्छ, उनले भने, अहिलेका रुग्ण, साना मझौता उद्योगलाई संरक्षण गर्ने नीति सरकारले अवलम्बन गर्नेछ ।’

आर्थिक विकासको प्रशस्तै सम्भावना रहेर पनि नीतिगत अस्पष्टताका कारण धेरै कामहरू हुन नसकेको उनले स्वीकार गरेका छन् । उनले विराटनगरसँग जोडेर विराटनगरबाट कार्गो रेल सञ्चालनको अन्तिम तयारीमा रहेकोले यसले विराटनगरको आर्थिक गतिविधिलाई चलायमान गराउने बताए ।

कार्यक्रममा उद्योगी व्यवसायीले व्यवसायी अहिले हीनताबोध अवस्थामा आफ्नो व्यापार व्यवसाय सञ्चालनको अवस्थामा रहेको बताएका थिए । बैकको बढेको ब्याजदरका कारण विस्थापित हुनु पर्ने अवस्थामा पुगेको बताएका थिए । उद्योग परिसंघ सिए नआई प्रदेश १ का अध्यक्ष भिम घिमिरेले सरकारले उद्योगी व्यवसायीलाई दुई नम्बरीको दर्जामा राखेको भन्दै सरकारप्रति असन्तुष्टि जनाए ।

कोशी एक्स्पो आयोजक समितिका संयोजक राजेन्द्र राठीले हरेक वर्ष उठाउँदै आएको प्रदर्शनी स्थलको समस्या समाधान गर्न आग्रह गरे । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आफ्नो कार्यकालमा विराटनगरमा प्रदर्शनी स्थललाई व्यवस्थापन गर्न महानगर तयार रहेको भएपछि प्रदेश र संघको सहयोग आवश्यक रहेको बताए । आफ्नो कार्यकालको अवधिमा विराटनगरमा प्रदर्शनी स्थलको व्यवस्थापन गरेरै छाड्ने स्पष्ट पारे । कोशी एक्स्पोको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । प्रदेश १ का मुख्यमन्त्री हिकमतकुमार कार्कीले प्रदेश १ को औद्योगिक नगरीका उद्योगी व्यवसायीको समस्या समाधान गर्न सबै सरकारको साझा काम भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *