आजबाट एक महिना ‘आयोडिन मन्थ’

काठमाडौँ । सरकारले आजबाट अर्थात् फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’का रूपमा मनाउने भएको छ । आयोडिनको कमीबाट मानव शरीरमा हुने स्वास्थ्य समस्यालाई निवारण गर्न विभिन्न जनचेतना मूलक कार्यक्रम उक्त महिनाभरि गरेर आयोडिन मन्थ मनाउन लागिएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।

नेपाल सरकारले विगत ५९ वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई देशभर आयोडिनयुक्त नुनको आपूर्तिको जिम्मेवारी दिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेसनले ग्रामीणस्तर सम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुईबालबालिका चिन्ह अंकित पाकेट नुन सुलभ मूल्यमा बिक्रीवितरण तथा जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

आजदेखि सुरु हुने आयोडिन मन्थमा आयोडिनसम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टीसर्ट तथा पम्पलेट जस्ता सामग्री वितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाइने छ र उक्त अवसरमा आयोडिनको महत्त्वबारे जनचेतना जगाउन कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *