ओलीलाई भेटे रविले : गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने पक्षमा ओली

काठमाडौँ । सत्ताका प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच मैगलबार भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न रवि बालकोट पुगेका थिए ।

रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चको आदेशपछि सांसद पद खारेजीले उत्पन्न गरेको परिस्थितिबारे दुई बीच छलफल भएको बताइएको छ ।

भेटमा रविले गठबन्धनबीचको भागवण्डाका क्रममा रास्वपाले गृह मन्त्रालयको जिम्मेवारी पाएकोले गृह मन्त्रालय रास्वपाले नै पाउनु पर्ने बताएका थिए । जवाफमा ओलीले सरकार निर्माणका क्रममा भएको पहिलाको समझदारी नै कार्यान्वयन हुनुपर्ने पक्षमा आफू रहेको बताएका छन् । यसको अर्थ गृहमन्त्रालय रास्वपाले नै पाउनु पर्ने पक्षमा ओली देखिएको उनको सचिवालयले जनाएको छ ।

तर, सत्ता घटक माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भने रविको नागरिकता विवादबारे सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयले आफैँले राख्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *