स्वास्थ्यमा खेलबाड नगर्न औषधि व्यवस्था विभागलाई मन्त्री गिरीको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नागरिकको स्वास्थ्यको सवालमा गम्भीर भएर कार्यसम्पादन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिएका छन् ।

मंगलबार बिभागको अनुगमनपछि आयोजित कार्यक्रममा मन्त्री गिरिले जनशक्ति वा पूर्वाधार कुनै पनि बहानामा नागरिकको स्वास्थ्यको सवालमा खेलवाड नगर्न र गम्भीर भएर कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् । उनले प्रभावकारी कार्यसम्पादनमा मन्त्रालयको तर्फबाट बिभागलाई पूर्ण समर्थन हुने पनि बताए ।

त्यस्तै मन्त्री गिरीले खुल्ला नाकाका कारण भारतबाट भित्रिएका औषधीहरु खुलेआम बिक्रि बितरण भइरहेकाले निगरानी बढाउनुपर्ने धारणा राखे । औषधी बिक्रि बितरणको अनुगमन प्रभावकारी नहुँदा समस्या देखिने भएकाले सबै प्रदेशमा कार्यालय स्थापना गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

मन्त्री गिरीले औषधि विभागको क्षमता वृद्धि गर्नुपर्ने र बिपन्न नागरिकले समेत राहत महसुस गर्नेगरी काम गर्नुपर्ने पनि बताए ।

भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *