भ्रष्टाचार हुने मुलुककाे सूचीमा नेपालकाे स्थान सुधार, ११० औँ स्थानमा

काठमाडाैँ । भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) मा नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औँ स्थानमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार काठमाडौँमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) २०२२ मा नेपाल ३४ अंकका साथ ११० औँ स्थानमा परेको हो ।

यसअघि सीपीआई २०२१ मा नेपाल ३३ अंकका साथ १ सय १७ औँ स्थानमा रहेको थियो । यस सूचकमा १०० अंक पाउने मुलुक स्वच्च र ० अंक पाउने मुलुकमा अति भ्रष्टाचार हुने जनाउँछ । त्यस्तै ५० अंकभन्दा कम पाउने मुलुकमा बढी भ्रष्टाचार हुने बुझाउँछ ।

सीपीआईमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनले भ्रष्टाचार विरोधी प्रतिबद्धतालाई प्राथमिकता दिनका लागि सरकारलाई सुझाव दिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्‍गले बताइन् । नेपालमा पदमा बसेका व्यक्तिबाट नै भ्रष्टाचार हुने गरेको देखिएको सरकारले राम्रा काम गरेर पदको दुरुपयोग नगरी भ्रष्टाचार नियन्त्रणमा ध्यान दिनुपर्ने उनले बताइन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण पनि गराएको बताइन् ।

भ्रष्टाचारविरुद्ध विश्वभर नै प्रभावकारी कार्य हुन नसकेको, भ्रष्ट सरकारले नागरिकको सुरक्षा गर्ने क्षमता नराख्ने र फलस्वरुप नागरिकमा वितृष्णा र मुलुक द्वन्द्वमा रुपान्तरण हुने उल्लेख गरेको छ । एसिया प्रशान्त क्षेत्रमा भ्रष्टाचार विरोधी कदमलाई नै बेवास्ता गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *