रास्वपा–प्रधानमन्त्री तनाव : गृह नपाए सरकार छाेड्ने रविकाे धम्की, दिन इन्कार गर्दै प्रधानमन्त्री

काठमाडौँ । नागरिकता विवादको मुद्दामा सर्वोच्च अदालतको फैसला अनुसार सांसदसहित मन्त्री पद गुमाउन पुगेका रवि लामिछानेले पुनः पहिलेकै जस्तो उपप्रधानमन्त्रीसहित गृहमन्त्री आफूले पाउनु पर्ने दाबी गरिरहेका छन् । यसका लागि उनले प्रधानमन्त्री एवं सत्ताको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार बालुवाटारमा भेटेर आफ्नो अडान राखेका छन् । त्यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेर गृहमै आफ्नो दाबी रहेको बताएका छन् ।

तर, सत्तारुढ अन्य दल र प्रधानमन्त्री प्रचण्ड स्वयं भने उनलाई अहिले नै गृहमन्त्री बनाउन राजी भएका छैनन् ।

गैर सांसद नेपाली नागरिकलाई पनि मन्त्री बनाउन पाइने व्यवस्था अनुसार नै रविले आफ्नो पार्टीको भागमा परेको उक्त मन्त्रालयमा पहिले जस्तै आफूले जिम्मेवारी पाउनुपर्ने अडान लिइरहेका छन् । तर, नागरिकता जस्तो गम्भीर विषयमा प्रश्न उठेको, मुद्दा परेको व्यक्तिलाई पुनः गृहमन्त्रालय दिँदा हुनसक्ने आलोचनाका कारण पुनः प्रक्रियाबाटै आउन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतको भनाई छ ।

प्रक्रिया भन्नाले अब पुनः चुनाव लडेर जितेर आउन उनले भनेका हुन् । यसरी गृहमन्त्रालय रविलाई दिन नमानेका प्रचण्डलाई रविले भने आफूले गृह मन्त्रलाय नपाए सरकार छाड्ने चेतावनी समेत प्रधानमन्त्री प्रचण्डलाई दिएका छन् ।

संसदीय अंकगणितका आधारमा २० सिट रहेको सत्ताको एक घटक दल रास्ववाका समापतिको धम्किपछि प्रधानमन्त्री प्रचण्डले कस्तो कदम चाल्छन् भन्ने हेर्न बाँकी छ ।

रविले नेपाली नागरिकता लिएर कानुनी रुपमै नेपाली नागरिक बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *