माघ १७ गते, कुन प्रदेशको मौसम कस्तो ?

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद्ले जनाएका छन् । जसको प्रभावका कारण आज (मंगलबार) देशका केही भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको र केही स्थानमा वर्षाको सम्भावना रहेको साथै तराईका केही स्थानमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *