बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

२०७९ माघ १६ गते

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख छ हजार तीन सय पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य एक लाख पाँच हजार पाँच सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

२०७९ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित