सुनको भाउ फेरि बढ्यो, कतिमा हुँदैछ किनबेच ?

२०७९ माघ १५ गते

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।
अस्ति शुक्रवार तोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर १ लाख ६ हजार रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

२०७९ माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित