जनसंख्या घटिरहेको जापानमा ४१ वर्षयताकै उच्च महँगी

काठमाडाैँ । जापानमा दैनिक उपभोग्य सामग्रीको मूल्य ४१ वर्षयताकै उच्च देखिएको छ । गत महिना प्रमुख उपभोग्य सामग्रीको मूल्य अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले बढेको बैंक अफ जापान (बीओजे)को तथ्यांक छ । यो संख्या बीओजेको लक्ष्यभन्दा दुईगुणा बढी हो ।

मुद्रास्फीतिमा गिरावट आएपछि दैनिक जीवनयापन सहज बनाउनका लागि जापानको केन्द्रीय बैंकलाई ब्याजदर बढाउने दबाब सृजना गरेको छ । जापानको मुद्रास्फीति सन् १९८१ यताकै उच्च भएको सार्वजनिक सरकारी तथ्यांकले देखाएको हो । खाद्यान्नदेखि इन्धनसम्मको मूल्यमा वृद्धि हुँदा पनि यसै साता बीओजेले आफ्ना लगानीकर्तालाई करिब शून्य ब्याजदरमा कायम गर्ने घोषणा गर्दै सेवाग्राहीलाई आश्चर्यमा पारेको थियो ।

महँगी बढ्दा ब्याजदर पनि बढाउने अन्य मुलुकको चलनलाई तोड्दै जापानले ब्याजदर भने नबढाउने नीति लिएको छ । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानले गत वर्षको तुलनामा ब्याजदर बढाउने अन्य मुलुकको चलनलाई तोडेको हो । जसका कारण अन्य शक्तिशाली मुद्राको तुलनामा जापानी मुद्रा (येन) कमजोर बनेको थियो ।

निरन्तर घट्दो जनसङ्ख्या
यहाँको कुल जनसङ्ख्या सन् २०२२ मा ०.४३ प्रतिशतले घटेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्यांकअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कुल जनसङ्ख्याको १२ करोड ४७ लाख छ । जबकि एक वर्षअघि १२ करोड ५३ लाख थियो ।

तथ्यांकअनुसार १५ वर्षमुनिका बालबालिकाको औसत जनसङ्ख्या १ एक करोड ४४ लाख छ, जुन जनसङ्ख्याको ११.६ प्रतिशत हो । मन्त्रालयका अनुसार सन् २०२१ मा ०.६ प्रतिशतले जनसङ्ख्या घटेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *