सुकुम्बासी बस्ती हटाउन मेयर बालेन्द्रले गृहमन्त्री लामिछानेसँग मागे सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित सुकुम्बासी बस्ती हटाउने कार्यक्रमा सहयोग गर्न मेयर बालेन्द्र साहले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग सहयोग मागेका छन् ।

एकीकृत बागमती सभ्याता विकास समिति र महानगरको टोलीले बिहीबार गृहमन्त्रालयमा मन्त्री लामिछानेसँग छलफल गर्ने क्रममा बालेन्द्रले यस्तो सहयोग मागेका हुन् ।

महानगरभित्रको सुकुम्बासी बस्ती हटाउनु पर्ने कारण र थापाथली सुकुम्बासी बस्ती हटाउन खोज्दा भएको घटनाबारे गृहमन्त्रीलाई ब्रिफिङ गर्दै उनले यसका लागि प्रहरी प्रशासनबाट सक्दो सहयोग नभएको बताएका थिए ।

जवाफमा गृहमन्त्री लामिछानेले कानुनमा भएको व्यवस्था र बस्ती हटाउँदा हुन सक्ने परिणामबारे विचार गरेर मात्रै हाउनै पर्ने देखिए हटाउन सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया

One thought on “सुकुम्बासी बस्ती हटाउन मेयर बालेन्द्रले गृहमन्त्री लामिछानेसँग मागे सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *