प्रेमप्रसादले उठाएका विषय छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

काठमाडौँ । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले मृत्युअघि फेसबुकमार्फत उठाएका विषयबारे छानविन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । गृह मान्त्रालयका सहसचिव नारायणप्रसदा रिमालको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन गरिएको हो ।

समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीका प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहने भएका छन् ।

आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न समितिलाई कार्यादेश दिइएको छ । आचार्यले उठाएका विषयलाई सम्बोधन गर्न सरकारले गर्नुपर्ने कामबारे पनि सुझाप पेश गर्न दिर्नेशन दिइएको छ ।

यसबारे समिति बनाएर छानविन गर्न बुधबारको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयलाई जिम्मा दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *