भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई सम्मान

काठमाडौँ । भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा नेपालस्थीत भारतीय राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

भारतीय राजदूतावास लैनचौरमा आयोजना गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई रु. ४ करोड ६० लाख नगद र कम्बल वितरण गरी सम्मान गरेका थिए । सो अवसरमा राजदूत श्रीवास्तवले नेपालका विभिन्न संस्थालाई पुस्तक वितरण गरे ।

दूतावासले विभिन्न २३ संस्थालाई रु १६ लाख बराबरको पुस्तक उपहास्वरुप वितरण गर्ने जनाएको छ । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन पढेर सुनाइएको थियो ।

दूतावासले सेवानिवृत्त सैनिकलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतासमेत जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *