अवैध क्रसर उद्योगीसँग झुक्यो सरकार, खोल्न दिने निर्णय

काठमाडौँ । सरकारले मापदण्ड पूरा नगरेका अवैध क्रसर उद्योग पनि खोल्न दिने निर्णय गरेको छ । क्रसर व्यवसायीको निरन्तरको दाबाबपछि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अवैध क्रसर उद्योगीसँग झुक्दै यस्तो निर्णय गरेको हो । मापदण्ड पूरा गर्न असार मसान्तसम्मको समय सीमा दिएर मापदण्ड पूरा नगरी चलेको क्रसर उद्योगसहरु समेत खोल्न दिने निर्णय गरेको हो ।

रवि लामिछानेले नेतृत्व गरेको गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी बिना दर्ता चलेका र मापदण्डविपरीत चलेका क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको थियो ।

तर, दर्ता नभएका क्रसर उद्योग र आयोजना विशेषका लागि खुलेका र आयोजना सम्पन्न भइसकेपछि पनि चलिरहेका क्रसर उद्योगहरु बन्द नै रहने गृहमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

क्रसर उद्योग बन्द हुँदा आयोजनाको कामहरु भने प्रभावित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *