कर्णाली : मन्त्रिमण्डल समावेशी नभएको भएपछि उर्मिलालाई बनाइयो राज्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिमण्डललाई समावेशी बनाउनका लागि नेकपा माओवादी केन्द्रले डोल्पाकी उर्मिला विश्वकर्मालाई राज्यमन्त्री नियुक्त गरिएको छ ।

७ सदस्यीय मन्त्रिपरिषदमा सबै जना पुरुष मन्त्री बनेपछि आलोचित बनेको कर्णाली सरकारले समावेशीतालाई ख्याल गर्दै उनलाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्री बनाइएको हो ।

राज्यमन्त्री नियुक्त भएसङ्गै उनले मुख्यमन्त्री राजकुमार शर्माबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *