यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई कालोमोसो

काठमाडौँ । जिल्ला यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेकपा बहुमतका कार्यकर्ताले कालोमोसो दलेका छन् ।

लुईँटेलले घुस लिने गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

पार्टीका संयोजक मोहन घलेले बुधबार विज्ञप्ति जारी गर्दै लुईँटेलले आफू मातहतका दलाल परिचालन गरी कार्यालयबाट प्रदान गरिने सेवामा घुस लिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *