दुर्घटनामा प्रदेशसभा सचिवालयका अधिकृत प्रेमबहादुर श्रेष्ठको मृत्यु

विराटनगर । प्रदेश १ संसद सचिवालयका आठौँ तका कम्प्युटर अधिकृत प्रेमबहादुर श्रेष्ठको मोटर साइकल दुर्घटनामा परेर मृत्यु भएको छ ।

विहान धरानबाट विराटनगर तर्फ आउँदै गरेको उनको मोटरसाइकल विराटनगर महानगरपालिका र बुढिगंगा गाउँपालिकाको सिमाना ढाटमा दुर्घटनामा परेको थियो ।

गम्भीर घाइते भएका श्रेष्ठको बुढिगंगामा रहेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विहान धरानबाट कार्यालय तर्फ आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित ढाटको गेटमा स्कुटरसँग जुधेर श्रेष्ठ दुर्घटनामा परेका थिए । सुनसरीको धरान ७ स्थित घरबाट विराटनगर तर्फ आउने क्रममा प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल सडक पार गर्दै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटरसँग जुधेको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै अस्पताल पुर्‍याएको भएपनि उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालक बुढिगंगा गाउँपालिका वडा नम्बर २ का रोशन विक पनि घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *