यस्ताे छ प्रेमप्रसाद आचार्य र डा. तोसिमाबीच अस्पतालमा भएकाे संवाद

काठमाडौँ । मंगलबार मध्याह्न बानेश्वरको संघीय संसद् भवनअघि आत्मदाहाको प्रयास गरेका प्रेमप्रसाद आचार्यले कीर्तिपुर अवस्पताको वर्न वार्डको शय्याबाट स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीसँग संवाद गरेका थिए । शरीरमा आगो लगाएर अचेत बनेका उनलाई उद्दार गरेर उपचारका लागि अस्पताल पु¥याएपछि उनको स्टाटस पढेर डा. तोसिमा उनलाई भेट्न पुगेकी थिइन् ।

सूर्योदय नगरपालिका–११, इलाम फिक्कलका प्रेमप्रसाद आचार्यले लेखेको स्टाटसको आधारमा डा. तोसिमाले उनीसँग संवाद गरेकी थिइन् ।

यस्तो थियो डा. तोसिमा र प्रेमप्रसाद आचार्यबीच भएको संवाद

डा. तोसिमा : प्रेम दाई, म आएको छु है, डाक्टर तोसिमा कार्की ।

आचार्य : मैले चिनेँ ।

डा. तोसिमा :अनि किन यस्तो गुर्न भएको छ तपाईंले ? मेरो नाम पनि लेख्नु भएको रहेछ !

आचार्य : मैले लेखेको छु, हजुरलाई पनि सम्बोधन गरेको छु । मैले सबै भोगाइहरु लेखेको छु । उद्यम गर्न खोजे । प्रगति गर्न खोजेँ । ट्याक्सको कुराहरु हेर्नुस् ।

डा. तोसिमा : मैले पूरा पढेँ तपाईंको स्ट्याटस, हेर्नुस् त तपाईंले के गर्नु भएको यस्तो । हामी थियौं नि ! राज्य छ नि तपाईंहरुका लागि !

आचार्य : कसैले सुन्दैन । योभन्दा भएको कसैले सुन्दैन ।

डा. तोसिमा : हाम्रो नयाँ सरकार बनेको थियो, आउनु पर्थ्याे । केही न केही उपाय खोज्थ्यौँ ।

त्यसपछि आचार्यले बोलेको प्रष्ट बुझिएको थिएन ।

डा. तोसिमा : अहिलेसम्म राम्रो होस छ, नआत्तिनुस् न ।

आचार्य : मलाई ‘पेन किलर’ लगाइदिनुस् । रवि सरलाई पनि भन्दिनुस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *