प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली सरकारी निवास बालुवाटार पुगेका हुन् ।

समसामयिक राजनीति र विभिन्न प्रदेशमा बाँकी रहेको मन्त्रिपरिषद् विस्तार छलफल भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनीहरुबीच राष्ट्रपति निर्वाचनको विषयमा पनि छलफल भएको थियो  । प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार बनाउन चाहेका छन् भने एमाले अध्यक्ष ओली यसमा असन्टुस्ट जनाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *