कलंकीमा मोटरसाइकलको ठक्करबाट किशोरीको मृत्यु

२०७९ माघ १० गते

फाइल फाेटाे
काठमाडाैँ । कलंकीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । बिहान पौने सात बजे अन्डर पास नजिकै बाप्र०२-०४प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री पनि घाइते भएका छन् । उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् ।

२०७९ माघ १० गते
प्रतिक्रिया
सम्बन्धित