डिएचआई र ताइवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङबीच सहकार्य

काठमाडौँ । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरणहरू बिक्री वितरण गर्दै आएको डिएचआईले छोटो समयमानै नेपाली ग्राहकहरूको माझमा आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ ।

नेपाली बजारमा लामो समय देखि सेट टप बक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली बजारमा गुणस्तरीय ग्राहकलाई आवश्यक सम्पूर्ण विद्युतीय उपकरणहरू उत्पादन तथा बिक्री वितरण गर्न थालेको हो ।

नेपालमा आफ्नो व्यवसायलाई विस्तार सँगै गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र विक्रिवितरण गर्नको लागि ताईवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडलाई टेक्नोलोजी पार्टनरको रूपमा भित्राउन डिएचआई सफल भएको छ ।

यो सम्झौता पश्चात् डिएचआई टेक्नोलोजी र नेपालमा विद्युतीय उपकरण निर्माणको गति लाई अर्को स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *