पोखरा विमान दुर्घटना: कोरियाली बाबुछोराको निधन

पोखरा । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको ज्यान गयो । ५३ नेपाली र १५ विदेशी नागरिकले यात्रा गरिरहेको विमानमा २ दक्षिण कोरियन नागरिक समेत थिए ।

४५ वर्षका यु योङचोएल र उनका १४ वर्षीय छोरा यु स्याङ्याङ आइतबार बिहान नेपाल आएका थिए । बिहान ९ बजे एयर इन्डियाको विमानबाट काठमाडौँ ओर्लिएका उनीहरू लगत्तै पोखराका लागि उडे ।

१०ः३२ बजे यती एयरलाइन्सको एटीआर-७२ विमानबाट पोखरा प्रस्थान गरेका उनीहरू पोखरा त आइपुगे तर विमानस्थल झर्न पाएनन् । उनीहरू चढेको विमान सेती खोंचमा झ-यो । बाबुछोरा नै सेतीमा विलीन भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *