सन्दर्भ : राष्ट्रिय योग दिवस

किन योगाभ्यास गर्नुपर्छ ?

काठमाडौँ । ‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

योगको महत्त्व
शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो ।

परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्त्व पनि परिवर्तन हुँदै आएको छ । योग विभिन्न किसिमका हुन्छन् । जसमध्ये याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन् ।

आधुनिक समयानुसार आधुनिक जीवन जिउन चाहना सबैको आधुनिक जीवन शिक्षा सम्पत्ति मान प्रतिष्ठा प्राप्त गर्न सफल भएता पनि स्वास्थ्य र आनन्द प्राप्त गर्न भने सकिरहेको छैनौं ।

शारीरिक रूपमा स्वस्थ एवं मानसिक रूपमा आनन्द प्राप्तका लागि योग नै उच्चतम उपाय मानिएको छ । योगले शरीर, मन र आत्मालाई एकाकर बनाई मन, शान्त स्थित रहन मद्दत गर्दछ ।

योगासनबाट शरीरमा स्फूर्तिको जागरण हुन्छ, हल्का हुन्छ । मानसिक तनाव घट्दछ, निन्द्रा राम्रो लाग्दछ, पाचनक्रिया बलियो हुन्छ, अल्छिपन हट्छ, शरीर निरोगी बन्छ । छाला नरम भई शरीर अनुहारमा चमक आउने गर्दछ ।

योग कसलाई आवश्यक पर्छ भन्नुभन्दा पनि कसलाई पर्दैन भन्ने मुख्य कुरा हो। बालकको शारीरिक विकास र विद्यार्थीको बौद्धिक विकासका लागि योग आवश्यक हुन्छ। वयस्क युवाका लागि योग कुलतबाट मुक्ति, एउटा संस्कारयुक्त बाटो अपनाउन तथा शारीरिक÷मानसिक सुसंगठनका लागि पनि योग चाहिन्छ।

किन गर्ने योग ?

  • योग हरेक उमेर समूहका मानिसले गर्न सक्छन् । जसको माध्यमले रोगी व्यक्ति निरोगी बन्छन् भने सामान्य मानिसलाई पनि स्वस्थ जीवन पद्धतिका लागि सघाउ पुग्छ ।
  • योगले सकारात्मक सोचको विकास गराउँछ । मनमा नकारात्मकता नआउने भएकाले व्यक्तिको जीवन पद्धतिमा नै परिवर्तन आउँछ ।
  • बिहान ४ देखि ५ बजेको बिचमा पृथ्वीमा अक्सिजनको मात्रा तुलनात्मक रूपमा बढी हुने गर्छ । त्यसैले, शरीरमा अक्सिजनको मात्रा पूर्ति गराउन बिहानको समय योग गर्नु उपयुक्त हुन्छ ।
  • योग एक किसिमको व्यायाम पनि हो । योग गर्दा शरीरका सबै जोर्नी चलायमान हुन्छन् ।
  • शरीरमा रक्तसञ्चार बढ्छ । साथै, शरीरका सबै अंगमा अक्सिजन पुग्ने हुँदा रोग प्रतिरोधी क्षमतासमेत बढाउँछ ।
  • स्वस्थ रहन, आत्मविश्वास बढाउन, धन कमाउन, सफल बन्न र प्रतिभा प्रस्फुटन गर्न योग उपयुक्त माध्यम हो ।
  • तनाव व्यवस्थापनका लागिसमेत योग एकदमै उपयोगी मानिन्छ । योग ध्यानसँग केन्द्रित हुने हुँदा एकाग्र हुन सकिन्छ । जसबाट तनाव सजिलै व्यवस्थापन हुन्छ ।
  • उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि योग आवश्यक हुन्छ । तर, सबै किसिमका योग सबैलाई उपयुक्त मानिँदैन ।
  • शारीरिक अवस्थालाई ध्यानमा राखेर योग गरेमा विभिन्न रोगबाट मुक्ति पाउन सकिन्छ ।

हरेक बिहान कम्तीमा आधा घण्टा योग गर्न सकिन्छ । बढीमा एकदेखि डेढ घण्टासम्म योग गर्न सकेमा निरोगी भइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *