सबैभन्दा धेरै सम्पत्ति गुमाउनेमा मस्कको कीर्तिमान

काठमाडाैँ । ट्विटरका नयाँ मालिक इलोन मस्कले सबैभन्दा धेरै व्यक्तिगत सम्पत्ति गुमाएर नयाँ विश्व कीर्तिमान राखेका छन् । विश्व कीर्तिमानहरूको अभिलेख राख्ने गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स‌ले आफ्नो वेबसाइटमा प्रकाशित गरेको ब्लगमा यसबारे विस्तृतमा उल्लेख गरिएको छ ।

गिनिज बुख अफ वर्ल्ड रेकर्ड्सका अनुसार मस्कले सन् २०२१ को नोभेम्बर देखि २०२२ को डिसेम्बर बीचमा १६५ अर्ब अमेरिकी डलर गुमाएका छन् ।

 त्यहाँ उल्लेख गरिएका विवरणहरू प्रकाशक फोर्ब्स‌बाट प्राप्त तथ्याङ्कमा आधारित छन् । तर गिनिजले अन्य स्रोतहरूबाट प्राप्त विवरणमा मस्कले गुमाएको सम्पत्ति अझै धेरै हुनसक्ने देखिएको बताएको छ । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *