मेरो नामै लिन निषेध गरिएकाे ठाउँमा उभिएर बाेल्न पाउँदा नयाँ अनुभूति भयो : सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता डा. चन्द्रकान्त राउत (सीके राउत) ले आफूलाई संसदमा उभिएर बोल्न पाउँदा नयाँ अनुभूति भएको बताएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने– ‘जुन ठाउँमा कुनै बेला मेरो नाम मात्रै लिन पनि निषेध गरिएको थियो, आज त्यही ठाउँमा उभिएर बोल्न पाउँदा नयाँ अनुभूति भइरहेको छ । यो अवसर प्रदान गर्न लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई म सर्वप्रथम धन्यवाद दिन चाहन्छु ।’

उनले देश निर्माणका क्रममा बलिदानी गरेका आफ्ना साथीहरुलाई सम्झिए । उनले आफ्नो क्षेत्रका सांसदहरुलाई पनि सम्झिए ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न अग्रज नेताहरुले गरेको आन्दोलन र बलिदानीप्रति उनले सम्मान जनाए ।

नेपाल विविधतायुक्त देश भएकोले यस देशको अखण्डताका लागि संघीयता अत्न्तै आवश्यक भएको उनले बताए ।

गणतान्त्रिक व्यवस्थाप्रति जनमत पार्टीको उच्च सम्मान रहेको बताउँदै उनले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा रहेको समस्या समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले नयाँ संसद र सांहदहरुको कार्यसफलताका लागि शुभकामना समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *