इन्डोनेसियामा नेपाली पब्जी खेलाडीलाई हौसला दिँदै बालेन 

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह  इन्डोनेसियामा नेपाली पब्जी खेलाडीलाई हौसला दिँदै छन् । शुक्र बारबाट सुरु हुने पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइन प्रवेश गरेका दुई नेपाली टोलीको हौसला बढाउन शाह पत्नीसहित इन्डोनेसियाको कर्तार पुगेका छन् ।
आफ्नो फेसबुक पेजमा एक पोस्टसमेत गरेर नेपाली टोलीहरू डीआरएस गेमसङ र टीटुके समूहलाई शुभकामना दिएका उनले नेपाली टोलीको प्रदर्शनको बारेमा निरन्तर लेख्ने गरेका छन् ।
बालेनबारे जानकार स्रोतका अनुसार उनले प्रतिगोयतामा सहभागी हुन जाने टोलीहरूलाई बिदाइ समेत गरेका थिए । यसअघि मेयर निर्वाचित भएपछि बालेको नेतृत्वमा महानगरपालिकाले आफ्नो कार्यक्रममा ई–स्पोर्टस्‌सँग सम्बन्धित गतिविधि र प्रतियोगिताको सहयोगका लागि बजेट विनियोजन गरेपछि उनको ई स्पोर्टस्‌प्रतिको लगाव चर्चाको विषय बनेको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *