उत्तर कोरियाले गर्‍यो व्यालिस्टिक मिसाइल प्रहार

काठमाडाैँ । उत्तर कोरियाले शनिबार कम्तिमा एउटा ‘अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएका छन् ।

प्योङयाङका पाँच ड्रोनहरू साझा सीमा पार र दक्षिणको हवाई क्षेत्रमा उडेको केही दिनपछि उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हो । ‘उत्तर कोरियाले पूर्वी सागरमा अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार ग-यो’, दक्षिण कोरियाका संयुक्त सेना प्रमुखले शनिबार भने ।

उक्त मिसाइल जापनी सागरमा खसेको बताइएको छ । कोरियाली प्रायद्वीपमा सैन्य तनाव यस वर्ष तीव्र रूपमा बढेको छ किनकि उत्तरले गत महिना अहिलेसम्मको सबैभन्दा उन्नत अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलको प्रक्षेपण सहित हतियार परीक्षणहरूको अभूतपूर्व प्रदर्शन गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले सन् २०२२ मा कीर्तिमानी गतिमा क्षेप्यास्त्र प्रहार गरे । आणविक हतियारको प्रयोगको लागि थ्रेसहोल्ड घटाए र विश्वव्यापी प्रतिबन्धहरूको बेवास्ता गरे । उनले सन् २०२३ मा पनि अझै क्षेप्यास्त्र प्रहार गर्ने सम्भावना छ ।

किमले यस हप्ता सन् २०२३ को लागि आफ्नो योजनाहरूको रूपरेखा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । किनभने उनको सत्तारुढ वर्कर्स पार्टी बैठकले वर्षको अन्त्यमा नीति तय गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *