एमडिएमएस लागू, आजदेखि चल्ने छैनन् यस्ता मोबाइल

काठमाडौँ । भन्सार घोषणा नभएका मोबाइल आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याएसँगै भन्सारबाट जाँचपास विना ल्याइएका मोबाइल सेटहरु नचल्ने भएका हुन् ।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडिएमएस लागू गरेको जनाएको छ।

हाल करिब ४० प्रतिशत मोबाइल गैरकानुनी रूपबाट भित्रिएर प्रयोग भइरहेको र त्यसले सरकार, व्यवसायी र उपभोक्ता सबैलाई हानी भइरहेको प्राधिकरणले जनाएको छ।

यस्तै, अब विदेशबाट फर्किंदा दुई वटा मोबाइल ल्याउँदा आजदेखि भन्सार तिरेर मात्रै विमानस्थल भन्सार जाँचपास गर्नुपर्छ । दुईभन्दा बढी मोबाइल सेट ल्याउन खोजे जफत नै हुन्छ । कसैगरी छलेर मोबाइल भित्राइयो भने पनि मोबाइल सेटमा सिम हालेको १५ दिनपछि त्यसबाट फोन/म्यासेज केही गर्न मिल्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *