भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीको निधन भएको छ । प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधन भएको जानकारी दिएका हुन् ।

उनले सामाजिक संजाल मार्फत एक शानदार शताब्दीको ईश्वरको चरणमा विराम भएको उल्लेख गरेका छन् । मोदीले लेखेका छन्- ‘एक गौरवशाली शताब्दी भगवानको चरणमा विराम… आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा तपस्वीको यात्रा, निस्वार्थ कर्मयोगीको प्रतीक र मूल्य मान्यतामा प्रतिबद्ध जीवन रह्यो ।’

हीराबेन सय बर्षको उमेरमा निधन भएको हो । उनी अस्वस्थ भएपछि केहि दिनअघि मात्र अहमदावादस्थित अस्पताल भर्ना गरिएको थियो । गत जुन १८ मा मोदीले आफ्नी आमाको १००औ जन्मदिन मनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *