सत्ता गठबन्धनको संयोजकमा केपी ओली चयन

काठमाडौँ । सत्ता साझेदार दलहरुको गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई संयोजक चयन गरेको छ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो ।

गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयोजकमा ओली रहने निर्णय भएको जानकारी दिए । बैठकले बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ । ५ दिनभित्र सरकारले न्यूनतम साझा कार्यक्रम तय गर्नेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *