रामकुमारी झाँक्रीले दिइन् प्रधानमन्त्री प्रचण्डलाई बधाई
मकालु खबर
२०७९ पुस ११ गते
काठमाडौं । पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएकी छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री झाँक्रीले प्रचण्डलाई बधाई दिएकी हुन् ।
नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँक्रीले वर्तमान सामाजिक, आर्थिक र राजनीतिक चुनौतीहरू सामना गर्न बलियो विश्वास प्राप्त होस् भन्ने कामना समेत गरेकी छन् ।
उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई समेत धन्यवाद दिएकी छन् । तत्कालीन मन्त्रिपरिषद्मा आफूलाई प्रधानमन्त्रीका रूपमा साथ समर्थन, समर्थन र विश्वास व्यक्त गरेको भन्दै देउवालाई उनले धन्यवाद दिएकी हुन् ।
मकालु खबर
२०७९ पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित