नेपाली राजनीतिमा कृष्णप्रसाद भट्टराईको महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका थियो : शेरबहादुर देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिमा सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अतुलनीय योगदान रहेको बताएका छन्।

नेपाली कांग्रेसका संस्थापक नेता भट्टराईको ९८औं जन्मोत्सवका अवसरमा शनिबार ललितपुरको बाडेगाउँस्थित आश्रममा आयोजित कार्याक्रममा उनले भट्टराईको योगदानको चर्चा गरेका हुन्।

‘किसुनजी २००३ सालदेखि राजनीतिमा हुनुहुन्थ्यो। मुलुकका महत्त्वपूर्ण राजनीतिक घटनामा उहाँको महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका थियो,’ प्रधानमन्त्री देउवाले भने, ‘त्याग, राजनीति चतुर्‍याइँ थियो। मुलुकको पहिलो सभामुखको भूमिका स्मरणीय छ,’ उनले भने।

प्रधानमन्त्री देउवाले ‘किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा’ राष्ट्रिय अभियानको उद्घाटन पनि गरेका छन्। कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सन्तनेता भट्टराईको त्याग र योगदानमा ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ सेवा दिन सम्भव भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *