करन राईलाई भ्वाइस अफ नेपाल सिजन-४ को उपाधि

काठमाडौँ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४’ को उपाधि करन राईले जितेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा अमेरिका बस्दै आएका करनले उपाधि जित्दै २५ लाख रुपैयाँ नगद हात पारे ।

फिनालेमा राजु लामाको टिमबाट करन राईसहित प्रमोद खरेलको टिमबाट योगेश मगर, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको टिमबाट शाइल लिम्बु उपाधिका लागि भिडेका थिए । तर, राईले बढी भोट पाउँ विजेता बन्न सफल भए ।

टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शककाे भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

राजुको टिमले पहिलोपटक विजेता पाएको हो । सिजन-१ मा कोच दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, सिजन-२ मा टिम प्रमोदबाट राम लिम्बु र सिजन ३ मा पनि टिम प्रमोदबाट नै किरण गजमेरले ‘द भ्वाइस अफ नेपाल’को उपाधि जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *