धनकुटामा बेपत्ता युवक मृत फेला

२०७९ मंसिर २१ गते

सांकेतिक तस्बिर
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका- ५ माझी गाउँका २४ वर्षीय अनिष माझी बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
घरभन्दा करिब एक किलोमिटर दूरीमा पर्ने स्थानीय रुद्रबहादुर भण्डारीको बारीमा माझीको शव फेला परेको प्रहरीले जनाएको छ ।
केही दिनदेखि बेपत्ता रहेका माझीको शव सडेको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरेहेको प्रहरीले जनाएको छ ।

२०७९ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित