रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । विष्णु पौडेल निर्वाचित क्षेत्र रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा हिजो मुद्दा दायर गरेका हुन् ।

उनी यो क्षेत्रमा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग पराजित भएका थिए । रुपन्देही २ मा निर्वाचन अधिकृतको कार्यालयले अनियमित रुपमा विष्णु पौडेललाई निर्वाचित भएको घोषणा गरेको भन्दै गणेशले मतपरिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गर्दै मुद्दा दायर गरेका सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी ए ।

गएको ४ गते भएको चुनावमा धाँधली गरी विष्णु पौडेललाई जिताइएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको आरोप छ । रुपन्देही क्षेत्र नं २ मा एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १ सय ४८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *