चुनावपछि सत्तागठबन्धनको पहिलो बैठक आज

काठमाडाैँ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ ।

नेकपा (माओवादी केन्द्र) को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए । बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ ।

यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले दस स्थानमा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा जितेको छ । बैठकको समयका बारेमा भने केही बताइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *