सोमबार सत्ता गठबन्धनको बैठक बस्ने

काठमाडौं । सत्ता गठबन्धनले चुनावपछि पहिलो बैठक बोलाएको छ । गठबन्धनले सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको हो । बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुने गठबन्धनका एक नेताले बताए ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा आबद्ध दल कांग्रेसले ५७ सिट, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *