माया लुहारका हत्या आरोपी कोलीलाई पक्राउ गरी बैतडी पठाइयो

काठमाडौँ । माया लुहारका हत्या आरोपीलाई बैतडी पठाइएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई पक्राउ गरी बैतडी पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको उनलाई बैतडी प्रहरीलाई बुझाउन पठाएको हो ।

कञ्चनपुर प्रहरीले आज बिहान महेन्द्रनगरको बसपार्कबाट कोलीलाई पक्राउ गरेको थियो।

पोखरास्थित सशस्त्र प्रहरीमा कार्यरत कोली महेन्द्रनगरको बसपार्कमा हिडिरहेको अवस्थामा पक्राउ परेका थिए।

बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका कोलीमाथि गत १३ गते मायाको हत्या र उनकी भदै नेहालाई घाइते बनाएर फरार भएको आरोप छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *