गोकुलको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

काठमाडौँ । गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

पूर्वमन्त्री एवम् एमाले नेता गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएकोु पुष्टि भएको हो ।

भक्तपुरको लोकन्थलीमा रहेको सांसद बास्कोटाको घरको पेटीमा आइतबार बिहान बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर अनुसन्धान गर्दा शंकास्पद वस्तु बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ। उक्त शंकास्पद वस्तु प्रेसर कूकर मा विस्फोटक पदार्थ नभेटिएको प्रहरीको भनाई छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *