सुनको मूल्य निरन्तर उकालो, कति छ मूल्य ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा तोलामा १ हजार ३०० रूपैयाँले बढेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९९ हजार ११ रूपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार ६०० रूपैयाँ छ ।

साताको पहिलो कारोबार दिन स्थिर रहेको सुनको मूल्य सोमबार घटेको थियो । यस्तै, मंगलबार पनि घटेको भाउ बुधबार भने २०० रूपैयाँले बढेको थियो । यस्तै, बिहीबार ५०० रूपैयाँ प्रतितोला र शुक्रबार १ हजार रूपैयाँ प्रतितोलाले सुनको भाउ बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *