धनगढीमा मृतक बालिकाका आफन्तले गरे चालक र निर्माण कम्पनीमाथि मुद्दा दर्ता

२०७९ मंसिर १६ गते

काठमाडौं।धनगढीमा ग्रेडरले च्यापेर मृत्यु भएकी बालिका चेतना साउदका आफन्तले चालक र निर्माण कम्पनीका सञ्चालकविरूद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरेका छन् ।
मृतक बालिकाका बुवाले चालक र कम्पनी सञ्चालकका नाममा मुद्दा दर्ता भएको बताए। सो निवेदनका आधारमा प्रहरीले कानुनी प्रक्रियाबाट न्याय दिनुपर्ने माग परिवारको छ।
चेतनाका आफन्तको किटानी जाहेरी प्रहरीले दर्ता गरेर अनुसन्धान गर्ने बताएपछि शव बुझिएको छ। कानुनी प्रक्रियामा प्रहरीले सहयोग नगरे पुनः सडकमै आउने परिवारको भनाइ छ।

२०७९ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित