तनहुँले विकास प्रेमी नेता गुमायो : पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास प्रेमी नेता झुलबहादुर आलेलाई तनहुँले गुमाएको बताएका छन् । संविधानसभा सदस्य स्व आलेको परिवारलाई आज भेटी समवेदना व्यक्त गर्दै उनले आलेको निधनले जिल्लाको एक विकास प्रेमी नेता गुमाउनुपरेको बताए ।

तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित आले निवासमा आज आयोजित श्रद्धाञ्जली सभामा पौडेलले जिल्लाको दक्षिणी भेगको खम्बा ढलेको भन्दै दुःख व्यक्त गरे । निष्ठाको राजनीति गर्ने आलेले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिँदै पौडेलले भने, “उहाँ एक विकास प्रेमी नेता हुनुहुन्थ्यो, उहाँको अभाव नेपाली काँग्रेस र यस भेगका जनतालाई सधैँ भइरहन्छ” ।

पौडेलले स्व आलेको अभावमा उहाँका अधुरा कामलाई अहिलेको पुस्ताले निरन्तरता दिनुपर्ने बताए । फोक्सोको समस्याबाट पीडित रहनुभएका आलेको गत मङ्सिर ९ गते निधन भएको थियो । नेपाली काँग्रेस तनहुँका महासमिति सदस्य रहेका आले दोस्रो संविधानसभाको सदस्य थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *