कर्णाली प्रदेश भलिबल संघले जित्यो ८२ किलोको खसी

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा कर्णाली प्रदेश भलिबल संघले जितेको छ । हिजो भएको फाइनल खेलमा कर्णाली प्रदेश भलिबल संघले नेपाल प्रहरीलाई तिन एक सेटले जित हातपार्दै उपाधि रक्षा गरेको हो ।

भलिबल संघले २५­-१६,२५­-२३ र २५­-१६ ले जित निकालेको जिल्ला भलिबल संघका अध्यक्ष मंगल श्रेष्ठले बताए । निक्कै कडा प्रतिस्पर्धाकाबीच भएको खेलको दोस्रो सेटमा २५–२३ को अग्रता दिलाए पनि पछिल्ला तिन सेटमा भने प्रहरी झिनो अन्तरले हार व्यहोर्न बाध्य भयो  ।

दसैँ तिहारको अवसरमा भएको मैत्रीपूर्ण खेलमा आयोजक भलिबल संघले उपाधि स्वरूप ८२ किलोको खसी हात पारेको छ । उपविजेता बनेको नेपाल प्रहरी ४२ किलाको खसीमा चित बुझाएको छ । चार टोली सहभागी प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लब भने समूह चरणबाटै बाहिरिएका हुन् ।

पहिलो खेलमा नेपाल प्रहरीले आर्मीलाई तिन एकको सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । पहिलो सेटमा आक्रामक बनेको आर्मीले पुलिसलाई २५­-१७ मा रोक्दै खेल एकलौटी रूपमा जितेको अध्यक्ष श्रेष्ठले बताए । दोस्रो सेटमा केही खेलाडी परिवर्तन गरेको पुलिसले त्यसपछिका तिन वटा सेटमा लगातार जित हासिल गर्न सफल भयो ।

प्रहरीले २५­-१९, २५­-१७ र २५­-२२ को अन्तरले खेल जित्दै उपाधि नजिक पुगेको हो । भलिबल संघलले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *