भारतले दक्षिण अफ्रीकालाई हरायो

काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । बुधबार सम्पन्न खेलमा भारतले दक्षिण अफ्रीकालाई ८ विकेटले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको १०७ रनको लक्ष्य पछाएको भारतले १६.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । भारतको जितमा के एल राहुलले अविजित ५१ रन बनाए भने सूर्यकुमार यादवले अविजित ५० रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ८ विकेट गुमाउदै १०६ रन बनाएको हो । दक्षिण अफ्रीकाका लागि केशव महाराजले ४१, एडेन मार्क्रमले २५ र वाने पर्नेलले २४ रन बनाएका थिए । दक्षिण अफ्रिकाका ४ खेलाडी शुन्यमा आउट भएका थिए ।

यो जितपछि भारतले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर २ मा गुहाटीमा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *