बालेनले लेखे- ऊ बगिरहन्छ

काठमाडौँ । टुकुचा ‘खोला’ उत्खननमा जोडतोडका साथ लागेका काठमाडौँका मेयर बालेन्द्र शाहले यस विषयमा कविता लेखेका छन् ।

उच्च अदालत (पाटन) ले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अल्पकालीन आदेश जारी गरेका बेला मेयर शाहले भने सामाजिक सञ्जालमा टुकुचाको निरन्तरताबारे कविता लेखेका हुन् । उनको कविताले टुकुचा उत्खननको अभियान नरोकिने सङ्केत गरेको छ ।

यस्तो छ उनले लेखेको कविता :

ऊ हराएको छैन
ऊ बगिरहन्छ
तिम्रो सास रहेसम्म
तिम्रो आस रहेसम्म
तिम्रो अर्थी सेलाइन्जेल
हाम्रो लास बहेसम्म
निरन्तर, निर्विरोध, निर्दोष
यो धर्ती, आकाश रहेसम्म ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *