कांग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा परियार

काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा पार्टीका सहमहामन्त्री जीवन परियार तोकिएका छन् । आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि कांग्रेसको घोषणापत्र तयारी समितिको प्रथम बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरेबमोजिम सहमहामन्त्री परियारलाई ‘घोषणापत्र तयारी समितिको प्रवक्ता’को अभिभारा तोकेको हो ।

सञ्चारकर्मीले आवश्यक सूचना एवं विविध विषयमा क्रमशः तय हुने अवधारणाका लागि उनलाई सम्पर्क गर्नसक्ने पार्टी कार्यालयले जनाएको छ । समितिका तर्फबाट आवश्यकताअनुरूप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.