रिलायन्स लाइफ र जानकी गाउँपालिकाबीच बाल बीमासम्बन्धी सम्झौता

काठमाडौँ । रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँकेबीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता बमोजिम उक्त गाउँपालिकामा २०७९ साउन १ गतेभन्दा पछि जन्मिएका छोरीका लागि वार्षीक रु ५ हजार बीमा शुल्क बराबर हुन आउने बिमाङ्क रकम बरावरको २० वर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजनाका लागि सम्झौता भएको हो ।

बीमासम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दीपककुमार ओलीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा जानकी गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष छब्बन खाँ र लेखा अधिकृत मतिन अहमद अन्सारी एवं रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट नेपालगञ्ज शाखाका शाखा प्रमुख कृष्णबहादुर हमाल र सिनियर एजेन्सी मेनेजर सुनिल घिमिरेलगायतको उपस्थिति थियो ।

स्थानीय सरकारले यस्तो योजना ल्याएर एक उदाहरणीय काम गरेको र आगामी दिनमा समेत नेपालको कनै पनि स्थानीय सरकारसँग यस्तो सहकार्य गर्दै अघि बढ्ने क्षेत्रीय प्रबन्धक दीपककुमार ओलीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *