विभिन्न स्थानमा २ जना मृत फेला

काठमाडौँ । झापा र राैतहटमा २ जना मृत्य फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार झापा, भद्रपुर नगरपालिका ७ गार्मेन्ट चोक नजिक बस्ने भारत सोनापिन्जी घर बताउने ५६ वर्षीय मोहन गणेश आफ्नै कोठामा बुधबार मृत फेला परेका हुन् ।

त्यस्तै, रौतहट, चन्द्रपुर नगरपालिका २ स्थित जुडिबेला जाने बाटोको छेउमा रहेको प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *